बिहिबार , अषोज १३, २०७९

होटलको कोठामा महिला बेडमै मृ,त, पुरूष झु,ण्डिएको अवस्थामा भेटिए

साउन ३१, २०७९ मंगलबार 47

काठमाडौं, साउन ३१। बुटवल स्थित फूलबारी चोकमा रहेको स्याङजा कारीकोटे होटलमा एक महिला र एक पुरूष मृ,त अवस्थामा भेटिएका छन् ।

होटलको कोठा नं. १३४ मा महिला बेडमै मृ,त अवस्थामा रहेको र पुरुष पंखामा पासो लाएर झुण्डिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

मृतकमध्ये अन्दाजी ३५–३६ वर्ष उमेरका सिताराम भुजेल धादिङको कुम्पुर घर भएका हुन् भने अन्दाजी ३३ वर्षकी पुष्पा नामकी महिलाको घर दाङमा रहेको बुझिएको छ ।

उक्त होटमा उनीहरु आइतबार राति सँगै बसेको र सोमबार बिहान मृत भेटिएको बताइएको छ । इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार

महिलाको श,व पलङमै उत्तानो परेको अवस्थामा भेटिएको थियो ।पुरूष भने सोही कोठाको पंखामा पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएका हुन् । महिलाका श्रीमान विदेश रहेको र उनी पछिल्लो

एक–दुई महिनादेखि हराइरहेको भन्ने सुन्नमा आएको प्रहरीको भनाइ छ । तर पूरा पहिचान र थप विवरण खुल्न सकेको छैन । मृ,तक दुवैको श,व पोस्टमार्टमका लागि लगिएको छ ।

प्रतिकृया दिनुहोस्