बिहिबार , अषोज १३, २०७९

साउदीमा घा’इते भई नेपालमा उपचार, आर्थिक सहयोगका लागि परिवारको हारगुहार !

साउन ३०, २०७९ सोमबार 56

काठठमाडौं । गएको जनवरी १३ मा साउदी अरबमा सडक दुर्घटनामा परेर गम्भिर घाइते भई हाल नेपालमा उपचाररत रामबहादुर तामाङको उपचारका लागि परिवारले आर्थिक सहयोगको अपिल गरेको छ ।

कम्पनीले तीन महिना उपचार गरेर बेवास्था गरेपछि नेपाल ल्याइनुभएका तामाङको उपचार गरिरहेको परिवार अहिले आर्थिक अभावमा परेको हो ।

कम्पनी र अस्पतालले उपचारमा बेवास्था गरेपछि साउदीस्थित नेपाली दूतावास, विभिन्न नेपाली संस्थाहरु र वैदेशिक रोजगार बोर्डको पहलमा टिकट काटेर नेपाल एअरलाइन्सको जहाजमार्फत् साउन ४ गते रामबहादुरलाई नेपाल ल्याइएको थियो ।

रामबहादुरलाई नेपाल ल्याएर एक हप्ता नर्भिक अस्पतालमा उपचार गरियो । नर्भिकले गर्नेजति सबै उपचार सकिएको र अब थेरापी मात्रै बाँकी छ भनेपछि परिवारले डेढ लाख रुपैयाँ तिरेर शंखमुलको आयुष अस्पतालमा थेरापीसहितको उपचार गराइरहेको छ ।

रामबहादुरको अहिले दिनमा दुई पटक थेरापी हुन्छ । बिहान ८ बजेदेखि ११ बजेसम्म र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म । आफ्ना श्रीमान् रामबहादुर तामाङको अनुहार हेर्दै टोलाइरहनुभएकी काभ्रे रोशी

गाउँपालिकाकी बसन्ती तामाङ १० दिनकै फिजियो थेरापी गरेको ५० हजार रुपैयाँ खर्च लाग्ने भएकाले गाह्रो भएको बताउनुहुन्छ । “थेरापी मात्रै नभएर औषधि पनि त्यति नै महंगो छ । रामबहादुरले कमाएको पैसा उपचारमै सकिसक्यो ।

ऋण खोजेर अब माग्न जाने ठाउँ पनि कतै कतै छैन । साउदीमा रहेका नेपालीहरुले रामबहादुर बचाउँ अभियान मार्फत ६ लाख ९ हजार ३६४ रुपैयाँ प्रप्त भएको छ । यो रकमले अहिलेलाई केही राहत भए पनि सरकारले नहेर्दा खर्च धान्न गाह्रो भएको छ ।” बसन्ती बताउनुहुन्छ ।

करार अवधिभित्र वा करार अवधि नाघेको एक वर्षभित्रको समयमा यस्ता दुर्घटना वा बिरामी भएमा मात्रै वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषबाट उपचार खर्च बेहोर्ने व्यवस्था छ । त्यसको लागि पनि श्रम

स्वीकृति लिएर गएको हुनुपर्छ । करार अवधि सकिएर पनि एक वर्ष नाघेको अवस्थामा पनि यस्ता पीडितले राहत तथा उपचार खर्च पाउन् भनेर श्रम मन्त्रालयले गएको असारमा एउटा कार्यदल गठन गरेको छ । तर कार्यदल अध्ययनकै क्रममा रहँदा रामबहादुरको परिवार सहयोगका लागि हारगुहार गर्नुपर्ने अवस्थामा पुगेको छ ।

प्रतिकृया दिनुहोस्