बिहिबार , अषोज १३, २०७९

नि’हारिकालाई टिचिङ हस्पिटलको मानसिक वार्डमा राखियो

साउन ३०, २०७९ सोमबार 48

काठमाडौं । न्याय माग गर्दै आत्मदाह प्रयास गरेकी निहारिका राजपुतलाई टिचिङ अस्पतालको मानसिक वार्डमा राखिएको छ । प्रहरीका अनुसार उनलाई मनोवैज्ञानिक

उपचार आवश्यक रहेको भन्दै सो वार्डमा राखिएको होहिजो राष्ट्रपति भवन अगाडि आत्मदाह ‘प्रयास गरेपछि तत्काल प्रहरीले उनलाई नियन्त्रणमा लगिएको थियो । त्यहाँबाट टिचिङ अस्पताल पुर्याइ इमर्जेन्सीमा

प्राथमिक उपचार गरेपछि मानसिक वार्डमा भर्ना गरिएको हो । निहारिकाले भने आफूलाई अनसनस्थलमै फर्काइदिन माग गरिरहेकी छन् ।

अस्पतालमा निहारिकालाई अन्य मानसिक बिरामीहरुसँगै राखिएको छ । उनको दुई वर्षको छोरा पनि त्यहीँ छन् । बच्चालाई प्रहरीहरुले रेखदेख गरिरहेका छन् । अस्पतालमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ ।

नेपाली चलचित्र जगतमा दर्शकहरु माझ लोकप्रिय नायिका हुन् पुजा शर्मा । उनी अहिले ३० बर्षमा चालिरहेकी छिन । प्रेम कहानी, रामकहानी जस्ता हिट फिल्म खेलेकी पुजाको लाखौ फ्यान फलोवर्स रहेका छन् ।

उनि नेपाली चलचित्र उद्योगकी एक चर्चित अभिनेत्री हुन् । सन् १९९२ अप्रिल ३० मा सिन्धुपाल्चोकमा जन्मिएकी पुजा ‘थ्री लबर’ बाट चलचित्र क्षेत्रमा डेब्यु गरेकी हुन् ।धेरै चलचित्रमा अभिनय गरेपनि फिल्म

‘प्रेम गीत’ उनको सबैभन्दा सफल चलचित्र हो । सिन्धुपाल्चोकमा जन्मेकी उनको बाल्यकाल देखि नै सङ्घर्षपूर्ण भयो । बुवाले छोराको चाहना राखेका र उनी छोरी भएर जन्मेका कारण पूजा र उनकी आमा दुर्गाले जीवनमा कहिल्यै परिवारबाट माया पाएनन् ।

प्रतिकृया दिनुहोस्