बिहानै बाट तारा एअरको जहाज बेप’त्ता भएपछि कोपाईलट उत्सब पोखरेलको दाईले लेखेको फेसबुक स्टाटसले सबैको मन छोएको छ। उनी लेख्छन।
भाइ त फर्केर आइजन ठिक छु भनेर खबर गर्देन भाइ प्लिज तैले उडाएको जहाज ठिक छ भन्देन प्लिज मेरो भाइ।
चौरजहारी नगरपालिका बाट पहिलो पाइलटको रुपमा इतिहास बनाएको थिइस मेरो भाइ त ठिक भएको खबर पठाइदेन मेरो भाइ प्लिज।
तारा एयरले आइतबार बिहान पोखराबाट जोमसोम जाने क्रममा हराइरहेको जहाज खोजीका लागि हिँडेको हेलिकप्टर मौसम खराब भएपछि फर्किएको छ ।
आइतबार दिउँसो विज्ञप्ति जारी गर्दै तारा एयरले हराइरहेको जहाज खोजी र उद्दारका लागि काठमाडौं, पोखरा र जोमसोममा हेलिकप्टरहरु स्ट्यान्डबाई राखिएको जनाएको हो
एयरले मौसममा सुधार आउनेबित्तिकै हवाई मार्गबाट खोजी कार्य सुरु गर्ने जनाएको छ । साथै नेपाली सेना, नेपाल प्रहरी र तारा एयरको उद्दार टोली स्थलमार्गबाट घटनास्थलतर्फ खटिएको जनाएको छ ।
प्रतिकृया दिनुहोस्