जेठ १५, २०७९ आइतबार 601
काठमाडौँ — तारा एअरको विमान मुस्ताङको लार्जुङ भन्ने स्थानमा दुर्घ’टनाग्रस्त अवस्थामा भेटिएको छ।
नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले विमान दुर्घ’टना भएको पुष्टि गरे।
मुस्ताङको लार्जुङ भन्ने स्थानमा दुर्घट’नाग्रस्त अवस्थामा विमान भेटिएको जानकारी प्राप्त भएको छ, भने, मौसम ख’राबीका कारण हेलिकोप्टर जान नकसेपछि अहिले प्रहरीको टोली उक्त क्षेत्रमा जाँदै गरेको जानकारी आएको छ।
तारा एअरको एन एइटी विमानमा २ जना विदेशी, ४ जना भारतीय र १३ जना नेपाली यात्रु सवार थिए । साथै, विमानका पाइलट प्रभाकर प्रसाद घिमिरे, को–पाइलट इतासव पोख्रेल र विमान परिचारिका किस्मी थापा सवार थिए।
विहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडान भएको विमान उडान भएको केही समयपछि सम्पर्कविहीन भएको थियो।
प्रतिकृया दिनुहोस्