शनिबार , अषोज १५, २०७९

१५ महिने अनामिका जसको आफ्नै बाबुको कारण यसरी ज्या’न गयो , पूरा पढ्नुस

साउन २९, २०७९ आइतबार 64

आफ्नै बुबाको कारण १५ महिने छोरीले ज्यान गु”माएकी छन् । बागलुङ नगरपालिका–६ लमगाउँका दीपक बोहोराले छोरी अनामिकालाई शनिबार अपराह्न जंगलमा लगेर छाडेका थिए ।

चौबिस घण्टासम्म जंगलमा अलप”त्र परेकी अनामिकाको भोकैप्यासै चिसोमा क’ठ्यांग्रिएर मृ”त्यु भएको आफन्तजनले बतााएका छन् ।शनिबारदेखि हराएकी उनी आइतबार दिउँसो बेनी नगरपालिका–१ अर्जमको जंगलमा ग”म्भीर अवस्थामा भेटिएकी थिइन् ।

उद्धारपछि अस्पताल ल्याउँदा ल्याउँदै मृ”त्यु भएको उनका काका गौतम बोहोराले जानकारी दिए ।धवलागिरि अस्पतालले मृ”त्यु घोषणा गरेको थियो । त्यसअघि उनलाई बेनी–१ रत्नेचौरस्थित स्वास्थ्यचौकीमा लगिएको थियो ।

स्वास्थ्यकर्मीले अवस्था ग”म्भीर रहेकाले छिटो अस्पताल पु¥याउन भनेपछि उनलाई तत्कालै धवलागिरि अस्पताल ल्याइएको थियो । ‘बाटोमा ल्याइन्जेल पनि रोइरहेकी थिइन्, श्वास पनि राम्रै फेरेझैँ लाग्थ्यो,

’ काका गौतमले भने, ‘अस्पताल पुर्याएको केही समयमै डाक्टरले मृ’त घोषणा गरे । उद्धारमा पुगेका बेनी–१ का वडासदस्य ताराप्रसाद थापाले गाउँलेले बच्चा रोएको सुनेपछि बालिका फेला परेको सुनाए ।

परिवारको गर्जो टार्न काखकी छोरी घरमै छाडेर मेलापात जानु उनको बाध्यता थियो । तर, माया र विश्वास गरेको श्रीमान्ले छोरीलाई अनकन्टार जंगलमा लगेर छोड्ने कुरा सरस्वतीका लागि सोच्नसम्म नसकिने कुरा थियो,

अफसोच त्यही भइदियो । बुबाको बेहोसी र अनियन्त्रित आवेगका कारण कल्कलाउँदो छोरीले ज्यान गुमा”उनुपरेको घटनाले गाउँछिमेकका धेरैलाई दुःखी बनाएको छ ।

छोरी बितेपछि सरस्वती विक्षिप्त बनेकी छन् । परिवार र आफन्तजन कानूनी प्रक्रिया पु¥याएर शव परीक्षणको पखाईमा छन् ।दीपक भने प्र’हरी नियन्त्रणमा छन् ।

स्थायी घर पर्वतको जलजला गाउँपालिका–४ मा भए पनि बोहोरा परिवार अहिले ज्याला मजदुरीका लागि पुख्र्यौली गाउँमा बस्दै आएको छ ।

प्रतिकृया दिनुहोस्