बिहिबार , अषोज १३, २०७९

नेपाल प्रहरीगृहपृष्ठ नेपाल प्रहरी रुकुम पूर्वमा प्रहरीको गाडी दु’र्घटना, दुई डीएसपीसहित ५ जना घाइते रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घ’टना, दुई डीएसपीसहित ५ जना घा’इते

साउन २८, २०७९ शनिबार 59

रुकुम (पूर्व) । रुकुम (पूर्व) मा नेपाल प्रहरीको गाडी पल्टिँदा दुई प्रहरी नायव उपरीक्षक (डीएसपी) सहित पाँचजना घाइते भएका छन् । घाइते हुनेमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगी र सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक रवीन्द्र श्रेष्ठसहित अन्य सुरक्षाकर्मी रहेका छन् ।

सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगङ्गा गाउँपालिकाको तकसेरा जाने क्रममा प्रहरीको गाडी पुथा उत्तरगङ्गा गाउँपालिका-११ तल्लो सेरामा दुर्घटनामा परेको हो । गाडी सडकबाट झण्डै एक सय मिटर तल खसेको गाउँपालिकाका प्रवक्ता एवम् वडा नं-५ का नं वडाध्यक्ष टिकासाई घर्तीले जानकारी दिए ।

घाइतेको उद्धारका लागि हेलिकप्टर मगाइएको छ । सदरमुकामबाट प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कृष्ण खत्रीले जानकारी दिए ।-रासस

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले प्रचलित कानूनको अधिनमा रही नेपाल सरकार र प्रहरी संगठनको नीति र उद्देश्य अनुरूप प्रभावकारी रूपमा पुलिसिङ गर्नु नेपाल प्रहरीको मुख्य कार्य रहेको बताएका छन् ।

आफ्नो कार्यकालको एकसय दिन पुगेको अवसरमा बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार भेटघाट तथा समसामयिक बिषयमा छलफल एवम् अन्तरक्रिया कार्यक्रममा सञ्चारकर्मीहरूद्वारा राखिएका जिज्ञासा निरूपण गर्दै प्रहरी महानिरीक्षक सिंहले उक्त कुरा बताएका हुन् ।

प्रतिकृया दिनुहोस्