शनिबार , अषोज १५, २०७९

इँटा बोकेको ट्रक त्रिशूलीमा खस्यो, प्रहरी भन्छ-आधा मात्रै देखिएको छ

साउन २८, २०७९ शनिबार 64

इँटा बोकेको ट्रक मुग्लिन नजिकै त्रिशूली नदीमा खसेको छ । इच्छाकामना गाउँपालिका–५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट शनिबार बिहान ९ बजे ट्रक खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले दुर्घ’टनाबारे थप जानकारी आउन नसकेको जानकारी गराएको छ ।चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीका अनुसार त्रिशूलीमा ट्रकको केही भागमात्रै देखिएको छ ।

अहिले मुग्लिनबाट प्रहरी टोली घट’नास्थल पुगेको छ ।ट्रकमा कति जना सवार थिए, अवस्था के छ भन्ने खुल्न सकेको छैन् । ट्रक नदीमा डुबेकोले नम्बर र कतिजना सवार थिए भन्ने जानकारी आइसकेको छैन् ।

केही दिनअघि रोजिताको विवाहको टुंगो लाग्यो। आज सोमबार उनको विवाह हुने तयारी थियो। त्यसैका लागि समीक्षा र रोजिता असार २३ गते बुटवल पुगे। त्यो दिन उनीहरू बुटवलको इँटाभट्टीमा आफन्तको घरमा बसे।

अर्को दिन बिहान ९ बजेतिर स्कुटरमा आएका एकजना युवकसँग समीक्षा आधा घन्टाको लागि भन्दै रोजितासँग विदा मागेर घरबाट निस्किइन्।

दिउँसो म्यासेज गरेकी समीक्षा साँझसम्म पनि घर नपुगेपछि रोजिता आफैंले फोन गरिन्। जवाफमा समीक्षाले केहीबेरमा घर आउने भनिन्।केहीबेरमा आउने भन्दै बिहानै घरबाट हिँडे पनि साँझसम्म नफर्किएपछि रोजिताले समीक्षालाई हप्काएर छिटो घर आउन भनेकी थिइन

प्रतिकृया दिनुहोस्