बिहिबार , अषोज १३, २०७९

आउँदाे चुनावमा म्यादी प्रहरीकाे सङ्ख्या बढ्छ : आईजीपी सिंह

साउन २६, २०७९ बिहिबार 45

काठमाण्डौ – आउँदो सङ्घ र प्रदेश सभा चुनावका लागि म्यादी प्रहरी भर्नामा पूर्वम्यादी र पूर्वसुरक्षाकर्मीले विशेष प्राथमिकता पाउने भएका छन् । आज बिहीवार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहले यस्तो बताउनुभएको हो ।

उहाँले अहिलेलाई म्यादी प्रहरीको सङ्ख्या यकिन नभइसकेको तर गृह मन्त्रालयमा खर्च र कति सुरक्षाकर्मी खटाउने भन्नेबारेमा छलफलका लागि सूची पठाइसकेको बताउनुभयो । उहाँले म्यादी प्रहरीलाई ४० दिनका लागि भर्ना गर्ने र गएको पालिका चुनावमा दिएको सेवा सुविधा नै प्रदान गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आउँदाे चुनावमा म्यादी प्रहरीको सङ्ख्या पालिका चुनावको भन्दा धेरै हुनेछ । पालिका चुनावमा भर्ना भएका म्यादी प्रहरी र पूर्वसुरक्षाकर्मीलाई विशेष प्राथमिकता दिइनेछ । त्योभन्दा बाहेकका लागि केही छनोट प्रविधि हुनेछ । हामी मङ्सिर ४ को चुनावको तयारीमा छौँ

कञ्चनपुर – कञ्चनपुरको गड्डाचौकी नाकामा कोरोना परीक्षणका लागि हेल्थ डेस्क स्थापना गरिएको छ । त्यहाँ भारतबाट भित्रिनेहरू लामबद्ध भएर कोरोना जाँच गर्दछन् । एन्टिजेन रिपोर्ट नेगेटिभ आएकाहरू हातमा छाप (कोरोना नेगेटिभ प्रमाणित) हानेर घर पठाइन्छ । तर पोजेटिभ देखिएकालाई त्यहीँ (छुट्टै) राखिन्छ ।

कोरोना पोजेटिभ देखिएकालाई भीमदत्त नगरपालिले सञ्चालन गरेको एम्बुलेन्समार्फत अस्पताल लगिन्छ । त्यहाँ होम आइसोलेशन र स्वास्थ्य सुरक्षाका मापदण्डबारे परामर्श गरेर घर पठाइन्छ । सङ्क्रमितहरू के मा गए ? कसरी गए ? स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरे कि गरेनन् भन्ने निगरानीसमेत गरिँदैन

प्रतिकृया दिनुहोस्