बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा दुई ट्रक एक आपसमा ठक्क’र ठो’क्किँदा दुर्घ’टना भएको छ । दुई ट्रक मध्ये एक ट्रकमा आ’गलागी भएर ज’लेर नष्ट भएको छ ।
उपमहानगरपालिकाको वडा नम्बर(२२ स्थित तीन नम्बर पुल र ४ नम्बर पुलको मोडमा शनिबार दुईवटा ट्रक आपसमा ठो’क्किएका हुन् ।
हेटौंडाबाट बारा आउँदै गरेको ना ६ ख ३२८६ नम्बरको ट्रक र बाराबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ४२४२ नम्बरको मिनी ट्रक पुलको मोडमा ठो’क्किएको प्रहरीले जनाएको छ ।
उक्त दुर्घट’नामा ना ६ ख ३२८६ नम्बरको ट्रकको तार सट भई ज’लेर नष्ट भएको जिल्ला ट्राफिक कार्यालय बाराले जनाएको छ ।
जातीय वि’भेद विरुद्धको फिल्ममा ‘द बास्केट’ उत्कृष्ट भएको छ । नेपाल चलचित्र निर्देशक समाजद्वारा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युनडीपीसँगको सहकार्यमा घोषणा भएको लघु चलचित्र प्रतियोगितामा ‘द बास्केट’ उत्कृष्ट भएको हो ।
फिल्मले २ लाख नगदसहित उत्कृष्ट पुरस्कार पाएको छ । चलचित्र विकास बोर्डमा हालै आयोजित एक कार्यक्रममा उक्त पुरस्कार वितरण गरिएको हो
प्रतिकृया दिनुहोस्