बिहिबार , अषोज १३, २०७९

सिन्धुलीमा सडक दु’र्घटना ४४ जनाको मृ’त्यु

साउन २५, २०७९ बुधबार 145

सिन्धुली – जिल्लामा सडक दुर्घटनामा ४४ जनाको मृ’त्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको तथ्यांक अनुसारजिल्लामा सवारी दुर्घटनामा परि ११ महिनाको अवधिमा ४४ जनाको मृ’त्यु भएको हो ।

आर्थिक वर्ष २०७८÷७९ को जेठ मसान्तसम्ममा जिल्लामा २ सय ७१ दुर्घटना हुँदा ४४ जनाको म’त्यु भएको जिल्ला कार्यालयको तथ्याङ्कमा देखिन्छ । यही अवधिमा दु’र्घटनाबाट १५० गम्भीर र ३६० सामान्य घा’इते भएका छन् ।

मादक पर्दाथ सेवन गरेर सवारी चलाउँदा, सवारीलाई उछिन्न खोज्ने, यान्त्रिक गडबडी, तीव्रगतिमा सवारी चलाउँदा, सडक चौपाया, क्षमताभन्दा बढी यात्रु बोकेर सवारी चलाउँदा, ट्राफिक नियम उल्लंघन, बढदो सवारी चापका कारण दु’र्घना हुने र दु’र्घटनाबाट मानिसको मृ’त्युदर बढेको प्रहरीले जनाएको छ ।

दु’र्घटनाको अनुसन्धान गर्दा जिल्लामा भएका अधिकांश सवारी दु’र्घटनामा चालककै बढी गल्तीका कारण हुने गरेको प्रहरीले जनाएको छ । यसका कारण वार्षिक धेरै मानिसले अकालमा ज्यान गुमाउनुपरेको छ ।

जिल्ला सबैभन्दा बढी दुर्घटना मोटरसाइकल, साना चारपांग्रे सवारीसाधन, यात्रुवाहक बस र टिपर रहेका छन् । यसबाहेक अटो, रिक्सा, साइकलयात्री पनि दु’र्घटनामा परेर ज्यान गुमाउनुपरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

बिपि राजमार्गमा तराइ तथा पुर्वी नेपालबाट राजदानी आवतजावत गर्ने हाईस तिव्र गतिमा हुने गरेको स्थानियले गुनासो गरेका हुन् । राजमार्गमा तिव्र गतिमा चल्ने हाइसको कारण दु’र्घटनाको जोखिम बढेको छ ।

उहाँले भन्नुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले चेकजाचमा कडाइ गरिरहेको ट्राफिक प्रमुख जे जङ्ग कार्किले बताउनुभयो ।

उहाँका अनुसार तिव्र गतिमा सवारी चलाउने साथै कागजपत्र साथमा नहुने सवारी दिनहुँ कारबाहिमा परेका छन् । विपि राजमार्गको विभिन्न ठाउँमा सवारी चेकजाचँ गरिरहेको उहाँको भनाइ छ ।

प्रतिकृया दिनुहोस्