शनिबार , अषोज १५, २०७९

सुकुम्वासी बस्ती डुबानमा, स्थानीयको भागाभाग

साउन २५, २०७९ बुधबार 47

भक्तपुर– गएराति परेको अविरल वर्षाका कारण भक्तपुर मनोहरा सुकुम्वासी बस्ती डुबानमा परेको छ भने जिल्लाका विभिन्न क्षेत्रमा पशु चौपाया बगाएर क्ष’ति पुर्‍याएको छ।

मध्यराति १२ बजेदेखि मध्यपुरथिमि नगरपालिका–१ मनोहरा खोलाको किनारामा रहेका सुकुम्वासी बस्तीको ८८० घरमध्ये करिब ८०० घर डु’बानमा परेको रातिदेखि नै उद्धारमा खटिएका बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य एवं भक्तपुर जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष श्रीभक्त कासिछ्वाले जानकारी दिए।

चाँगुनारायण उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका कासिछ्वाले मध्यराति बस्तीमा ज्यान जोगाउन भागाभाग मच्चिएको बताउँदै कोही अरनिको राजमार्गको सडकमा आइपुगेका र कोही घरको छतमा बसिरहेको पाइएको बताए। राति नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली पनि उद्धारमा खटिएको उनको भनाइ छ।

सुकुम्वासी बस्ती डुबानमा पर्दा घरभित्रका लत्ताकपडा, खाद्यान्न र अन्य सामान नष्ट भएको, कुखुरा र बङ्गुर बगाएको तथा अहिले बिहान खानेकुरासमेत नभएकाले राहतको व्यवस्था गर्नु जरुरी रहेको उनले बताए। बस्तीभित्रका बालबालिका र ज्येष्ठ नागरिक बढी मारमा परेको उनी बताउँछन्।

‘यहाँको अवस्था बिजोग छ। पानी पर्नेबित्तिकै बस्तीको बासिन्दा त्रासमा बस्नुपर्ने, सुकुम्वासी बस्तीको समस्या समाधानमा सरकारले चासो दिनुपर्ने आवश्यकता देखियो’, उनले भने।

सानोथिमितर्फको मनोहरा नदी किनारमा सिन्धुली कमलामाई नगरपालिका–७ घर भई हाल सानोथिमि दिव्यश्वरी प्लानिङस्थित टहरामा बस्ने पेमा तामाङको टहरामा रहेको २६ बोरा चामलमा क्षति भएको गिरीराज कुखुराका ४५ चल्ला बगाएको जानकारी दिए।

सुकुम्वासी बस्तीको क्षतिको विवरण संकलन कार्य प्रहरीले
यता चाँगुनारायण नगरपालिका–४ मा मनोहरा खोला निलोपुल नजिक सुनसरी घर भई सोही स्थानमा बङ्गुरफार्म सञ्चालन गरेका हरि राईको बङ्गुरफार्मबाट चार बङ्गुर बगाएको डीएसपी पाण्डेले जानकारी दिए।

चाँगुनारायण–१ दुवाकोट बेँसी मनोहरा खोला किनारका २० घरटहरामा पानी पसेको र एक टहरामा बस्ने चार जनाको उ’द्धार गरी सुरक्षित स्थानमा सारिएको उनले बताए।

प्रतिकृया दिनुहोस्