बिहिबार , अषोज १३, २०७९

छोराले चलाएको मोटरसाइकलबाट खसेर आमाको मृ’त्यु

साउन २५, २०७९ बुधबार 71

छोराले चलाएको मोटरसाइकलबाट खसेर आमाको मृ’त्यु
२३ श्रावण २०७९, सोमबार १३:४३काठमाडौं :आइतबार झापामा छोराले चलाएको मोटरसाइकलबाट खसेर आमाको मृ’त्यु भएको छ ।

अर्जुनधारा नगरपालिकाको नारायण चोक र बुद्धशान्ति गाउँपालिकाको जयपुर चोक जोड्ने सडकखण्डमा आइतबार साँझ भएको दुर्घटनामा अर्जुनधारा नारायण चोककी ६२ वर्षीया लक्ष्मीमाया कार्कीले ज्यान गुमाएकी हुन् ।

छोरा सुमन कार्कीले चलाएको मोटरसाइकल पछाडि बसेकी उनको खेर मृ’त्यु भएको प्रहरीले जनाएको छ सुमनलसडकमा भएको खाल्डोबाट मोटरसाइकल जोगाउन खोज्दा पछाडि बसेकी आमा लक्ष्मीमाया खसेकी थिइन् ।

उनको टाउकोमा गम्भीर चोट लागेको र उपचारका लागि बिर्तामोड ल्याउँदै गर्दा बाटोमै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।सुमन पनि अचेत रहेको र उनको बिएन्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि / पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी १७ पुसदेखि सञ्चालनमा आउने भएको छ ।नेपाल नागरिक उड्डयन प्राविधिकरणको आइतबार बसेको सञ्चालक समितिको बैठकले आगामी १७ पुसदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको प्राधिकरणले जनाएको छ ।

बैठक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको थियो । यो विमानस्थल सञ्चालनमा आएसँगै नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल संख्या तीन पुग्नेछ ।

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अलावा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा पनि सञ्तालनमा छ । गत आर्थिक वर्षमा मात्र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो ।

यो पनि / दक्षिणी गाजा पट्टी सहर रफाहमा भएको इजरायली हवाई हमलामा परी आफ्ना वरिष्ठ कमाण्डर खालिद मन्सुरको मृ’त्यु भएको प्यालेस्टिनी इस्लामिक जिहाद आन्दोलनले आइतबार पुष्टि गरेको छ ।

नागरिक प्रतिरक्षा टोलीले इजरायली बमबारी भएको भग्नावशेष घण्टौंसम्म खनेपछि मन्सुर र उनका धेरै साथीको शव निकालेको प्यालेस्टिनी इस्लामिक जिहाद (पिआइजे)ले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।इजरायल तथा गाजा क्षेत्रमा दुई दिनयता हिंसा भड्किएको बताइएको छ ।

सो हिंसामा परेर दुई दिनयता २४ जनाको ज्या’न गएको र अरु कैयौँ घा’इते भएका छन् ।गाजामा चर्किएको हिंसामा परेर २४ जना प्यालेस्टाइनी मारिएका समाचारमा जनाइएको छ । यसरी मारिनेमा छ जना बालबालिका र दुई जना महिला पनि परेका छन् ।

प्यालेस्टिनी सो अतिवादी सङ्गठनका विरुद्धमा इजरायलपक्षबाट बमबारी भएको थियो । गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार प्रकाशन गरेको विज्ञप्तिमा ती प्यालेस्टाइनहरुको ज्यान गएको बताइएको छ । यस पछिल्लो कारबाहीका क्रममा अरु दुई सयजना भन्दाबढी घाइते भएका छन् ।

यसअघि सन् २०२१ को मेमा इजरायलमा दुई सय प्यालेस्टिनी र एक दर्जन इजरायलीको मृत्यु भएको थियो । त्यसपछि त्यहाँ युद्धविराम सम्झौता गरेर युद्ध रोक्ने पहल भएको थियो । त्यसपछि रोकिएको युद्ध पछिल्ला केही दिनमा पुनःसुरु भएको छ ।

इजरायलका सैनिक प्रवक्ता अबिचा आदरीले इजरायली सेनाले उक्त अतिवादी समूहलाई लक्ष्य गरेर आक्रमण गरेको जनाएको छ ।इजरायली सेनाले दक्षिणी गाजा स्ट्रिपमा रहेको एक घरमा हमला गरेका थिए ।

उक्त हमलामा परेर केही प्यालेस्टाइनी मारिएका छन् र ३० जना घाइते भएका थिए । शनिबार इजरायलले प्यालेस्टिनी समूह इस्लामिक जिहादका सदस्यलाई पक्राउ गरेको थियो ।

प्रतिकृया दिनुहोस्