बिहिबार , अषोज १३, २०७९

चितवनको खैरहनिमा दराजमा झु’न्डिरहेको यस्तो अवस्थामा महिलाको शब फेला !

साउन २३, २०७९ सोमबार 71

पुर्वि चितवनको खैरहनी नगरपालिका वडा नम्बर १ सिमलघारी मा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । ज्यामिरे स्थित आफ्नै घरको कोठाभित्र घाटीमा पासो लगाएको अवस्था महिलाको शव फेला परेको हो ।

दराजको समाउने मुठीमा सल बाँधेर घाटीमा पासो लगाएकोअवस्था ४२ वर्षिय लक्ष्मी मिजारको श’व फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले जानकारी दिए । आत्म:हत्या गरेको हो वा ह’त्या भएको हो भनेर यकिन गरि नसकेको अधिकारीले बताए

पोष्टमार्टम रिपोर्ट पश्चात मात्रै घट’नाको विषयमा प्रष्ट हुने उनले बताए । शवलाई पोष्टमार्टमको लागि भरतपुर लगिएको छ ।यता स्थानीय तथा आफन्तले भने लक्ष्मीको ह’त्या भएको दावी गरेका छन्

दराजको मुठ्ठी र भुइँ झुन्डिन नमिल्ने दुरिमा रहेकोले आत्महत्या हुनै नसक्ने उनिहरुको दाबी छ ।घट’नाको प्रकृति हेर्दा आत्महत्या नभइ पतिले नै हत्या गरेको हुन सक्ने स्थानीय तथा आफन्तको आरोप छ । प्रहरीले मृ’तकको श्रीमानलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस्