बिहिबार , अषोज १३, २०७९

बहुदलमै बन्द चिनी कार’खाना

साउन २३, २०७९ सोमबार 59

रुग्ण अवस्थामा रहेको यो कारखाना सरकारले पुनः सञ्चालनमा ल्याउने घोषणा गरेको छ।वीरगन्ज : २ दशकअघि अचानक बन्द भएको एक सरकारी कारखाना हो, वीरगन्ज चिनी उद्योग। जुन दिनदेखि यो बन्द भयो त्यस दिनदेखि नै त्यहाँका बासिन्दाका दुःखका दिन सुरु भए।

चल्दाचल्दैको अवस्थामा चिनी उद्योग बन्द भएपछि घरवार चलाउनै धौ–धौ भएको बताउँछिन्, वीरगन्ज–२९ अठराहाकी सुनरपति देवी। ‘चिनी मिल चल्दासम्म घर व्यवहार चलाउन कुनै दुःख थिएन,’ सुनरपति भन्छिन्, ‘मिल बन्द भएपछि सुरु भएका दुःखहरू अहिले पनि उस्तै छ

उनका अनुसार चिनी कारखानाले उखु रोप्नुभन्दा पहिले नै किसानलाई बैंकमार्फत पेस्की रकम दिन्थ्यो। उखुको बीउ, मल, विषादी सबैको जोहो पनि मिलले नै गरिदिन्थ्यो। त्यति मात्र होइन।उखु तयार भएपछि गाडा र ट्र्याक्टर पनि किसानकै खेतमा पुर्‍याइदिन्थ्यो।

किसानलाई न त कसरी बीउ, मलखाद जुटाऔं भन्ने चिन्ता, न त मिलसम्म उखु कसरी पुर्‍याउने भन्ने चिन्ता नै। सबै प्रबन्ध मिलले नै गरिदिन्थ्यो। पोखरिया–७ रानीगन्जका रत्न शमशेर जबरा त्यतिबेला उखु खेती गर्न किसानलाई घरबाट एक पैसा पनि नलाग्ने गरेको बताउँछन्।

‘अहिलेको जस्तो उखुको भुक्तानीका लागि काठमाडौं गएर अनशन बस्नुपर्ने विवशता किसानलाई थिएन,’ राणा भन्छन्, ‘मिलले पहिले नै पेस्की रकम दिन्थ्यो। उखु मिलमा पुर्‍याएपछि बाँकी रकम पनि भुक्तानी दिन्थ्यो।’

मिल घाटामा गएको भन्दै २०५९ फागुन १५ गते सरकारले अचानक बन्द गर्‍यो। त्यसपछि पर्सा, बारा, रौतहट र सर्लाहीका करिब २० हजार किसानका दुःखका दिन सुरु भएको भनाइ छ। सुनरपति भन्छिन्,

‘मिल बन्द भएपछि नगदेवालीको रूपमा उखु खेतीको विकल्प खासै केही भएन। त्यसपछि श्रीमान् विदेश कमाउन गइहाले। अहिले श्रीमान् घरमा छन्। तर, छोरो विदेशमा छ।’

अधिकांश उपकरणहरू सामान्य सरसफाइ र मर्मत मात्रै गर्ने हो भने पुनः सञ्चालनमा ल्याउन सम्भव छ।अवधकिशोर सिंह, प्रबन्धक, वीरगन्ज चिनी उद्योगकारखाना पहिले सहर र मानव बस्तीभन्दा बाहिरको क्षेत्रमा थियो।

तर, अहिले कारखाना मानव बस्तीबीचमा भइसकेको छ। चलाउने बित्तिक्कै स्थानीयले विरोध गरिहाल्छन्,’ उनी भन्छन्, ‘साँच्चै चलाउने हो भने २० करोडले मात्रै पुग्दैन करिब अढाइ अर्ब रुपैयाँ तत्काल चाहिन्छ।’

प्रतिकृया दिनुहोस्