सोमबार , साउन २३, २०७९

कोरियामा बाटो काट्ने क्रममा सवारी दुर्घ’टनामा परी एक नेपालीको मृत्‍यु ! हार्दिक श्रद्धा’ञ्जली

साउन १९, २०७९ बिहिबार 54

दक्षिण कोरियामा कार्यरत एक नेपालीको मंगलबार सवारी दुर्घटनामा परी ज्यान गएको छ ।

कोरियाको ख्यङ्गीदो प्रान्तस्थित पोछनमा भएको दुर्घटनामा सुर्खेतका जीवन मगरको ज्यान गएको कोरियाका नेपाली दोभाषे सहयोगी मुक्त गुरुङले जानकारी दिए ।

मगर ईपीएस भाषा परीक्षा उत्तीर्ण गरी ३ वर्षअघि कोरिया आएका थिए । गर्मी विदामा साथीहरुसँग घुमेर मंगलबार साँझ आफ्नो कोठामा फर्किएका

मगर खानेकुरा किन्न भन्दै बाहिर निस्किएको र बाटो काट्ने क्रममा सवारीले ठक्कर दिएको उनका सहकर्मीलाई उद्धृत गर्दै गुरुङले जानकारी दिए ।

साँझ निस्किएका मगर बिहानसम्म पनि नफर्किएपछि उनका सहकर्मीहरु खोज्न जाँदा साईकल र चप्पल भेटिएपछि प्रहरीसँग सोधपुछ गर्दा घटनाका विषयमा जानकारी पाएको उनीहरुले बताए ।

घटनाका विषयमा दूतावासलाई जानकारी गराइसकिएको र शव पोछनस्थित स्थानीय अस्पतालमा राखिएको गुरुङले बताए ।

कोरियामा ईलेक्ट्रिक स्कुटर चलाउनसमेत लाइसेन्स आवश्यक पर्ने भन्दै गुरुङले साइकलदेखि मोटरसाईकल चलाउँदा अति नै संवेदनशील हुन आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्