सोमबार , साउन २३, २०७९

कोई मिल गया’ का अभिनेता मिथिलेश चतुर्वेदीको नि’धन

साउन १९, २०७९ बिहिबार 28

एजेन्सी, १९ साउन । चलचित्र तथा टिभीका चर्चित अभिनेता मिथिलेश चतुर्वेदीको नि’धन भएको छ । मिडिया रिपोर्टका अनुसार मिथिलेशले ३ अगस्टको साँझ लखनउमा अन्तिम सास लिएका थिए ।

उनी मुटुसम्बन्धी समस्याबाट पीडित थिए । रिपोर्टका अनुसार मिथिलेश चतुर्वेदीलाई केही दिन अघि हृदय’घात भएको थियो । त्यसपछि उनी आफ्नो गृहनगर लखनउ सरेका थिए ।

मिथिलेश चतुर्वेदीले सन् १९९७ मा भाइ भाइबाट बलिउडमा डेब्यु गरेका थिए । त्यसपछि उनले सत्ता, ताल, फिजा, रोड, कोई मिल गया, गान्धी माई फादर र बंटी बबली जस्ता फिल्ममा काम गरे।

एजेन्सी, १७ साउन । अमेरिकी सभामुख नानसी पेलोसी ताइवान पुग्दैछिन् । एशिया भ्रमणमा निस्किएकी पेलोसी आज या भोलिभित्र ताइवान पुग्ने चर्चा छ । उनी ताइवान पुग्न लागेको भन्दै चीनले कडा चेतावनी दिएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजियानले आगोसँग खेलेमा जल्ने प्रतिक्रिया दिएका छन् । चीनको कडा र स्पष्ट सन्देशबारे अमेरिका होशियार रहेको विश्वास समेत व्यक्र गरे ।
चाओले पेलोसीले ताइवान भ्रमण गरेमा चिनियाँ सैनिक चुप लागेर नबस्ने बताए ।

चीन सार्वभौमिकता र भौगोलिक एकताको रक्षाका लागि कडा प्रतिकार गर्न तयार रहेको बताए चीनले ताइवानको स्वतन्त्रतालाई साथ दिन पेलोसी चीन पुग्न लागेको ठहर चिनियाँ अधिकारीहरुको छ ।

प्रतिकृया दिनुहोस्