सोमबार , साउन २३, २०७९

घट’ना हुनुभन्दा पहिले छोरा र छोरिको फोटो राखेर सुनिताले लेखेकी थिइन् यस्तो स्टाटस !

साउन १८, २०७९ बुधबार 37

काठमाडौँ – काठमाडौँका तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीस्थित पदमसालमा सोमबार बिहान एकै परिवारका चार जनाको वीभत्स अवस्थामा शव फेला पर्‍यो । उक्त घटनामा ४१ वर्षका दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता, छोरी १३ वर्षकी

आशिका र आठ वर्षका छोरा आशिकको अकालमै ज्यान गयो । अप्रत्यासित र गम्भीर प्रकृतिको उक्त घटनाको खास कारण सार्वजनिक हुन त बाँकी नै छ, तर पारिवारिक बेमेल (श्रीमान्–श्रीमतीको असझमदारी) ले परिवार नै समाप्त हुन पुगेको छ ।

घटनास्थल प्रकृति मुचुल्का, १० पृष्ठको सुसाइड नोट र स्थानीयको भनाइले सम्बन्ध बिग्रिएर घटना भएको पुष्टि हुने आधार दिएको पाइन्छ । सुसाइड नोटमा श्रीमती र छोराछोरीको हत्या गरी आफूले आत्महत्या गर्न बाध्य भएको उल्लेख गरिएको छ ।

त्यसमा श्रीमतीमाथि आरोप लगाइएको छ । उक्त घटनास्थलबाट बरामद भएको सुसाइड नोट र घटना प्रकृति मुचुल्काको आधारमा घरमूली दिनेश पाण्डेले श्रीमती र छोराछोरीको हत्या गरी आफूले आत्महत्या गरेको संकेत मिलेको घटनास्थल पुगेका प्रहरीका एक अनुसन्धान अधिकृत बताउँछन् ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राई अन्य सदस्यको हत्या गरी आफैँले आत्महत्या गरेको देखिए पनि खास यही नै कारण हो भनेर अनुसन्धानपछि मात्रै भन्न सकिने बताउँछन् । अहिले प्रहरीको अनुसन्धान पनि त्यसैतर्फ सोझिएको

दिनेशका दाइ राजेन्द्र र सुनिताका माइतीपक्षबाट घटनाको यथार्थ अनुसन्धान गरी सत्यतथ्य छानबिन गरी पाऊँ भनेर प्रहरी वृत्त बालाजुमा जाहेरी दिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले सबैको शरीरमा चक्कु अर्थात् धारिलो हतियारले हानेको पाइएको बताउँछन् । पेट छाती, टाउकोलगायतका क्षेत्रमा गहिरो चोट छ ।

घटनाको अनुसन्धान बाँकी नै रहेकाले त्यसपछि मात्रै अन्य कारण खुल्ने उनले बताए । यद्यपि श्रीमती र छोराछोरीलाई धारिलो हतियारले हानेर हत्या गरेपछि उनले आत्म”हत्या गरेको अनुसन्धानमा खटिएका

प्रहरीको प्रारम्भिक निष्कर्ष छ । दिनेशको घाँटीमा विद्युत्को तारको डोरी बाँनिएको अवस्थामा छ । उक्त तार झ्यालमा लगेर बानिएको छ । उसले झुण्डि’ने प्रयाससमेत गरेको देखिएको तर आफैँलाई पनि चक्कु हानेका छन् । पेटमा शरीरको भित्र अङ्ग निस्किने गरी नै उनले चक्कु हानेको पाइएको छ ।

अर्को एउटा कोठामा वीभत्स अवस्थामा श्रीमती र छोराछोरीको श’व फेला परेको छ । खाटमा छोरा र छोरीको शव तथा भुइँमा पल्टिएको अवस्थामा सुनिताको श’व फेला परेको थियो । दिनेशको श’व भने अर्को कोठामा भेटिएको हो ।

सुनिताको टाउकोमा हतियारले हानेको गम्भीर चोट छ भने हातभरि च’क्कुले खोपेको र काटेको छ । त्यो उनले प्रतिकार गर्ने क्रममा हातले छेक्दा गोपेको प्रहरीले बताएको छ । बच्चाको पनि टाउकोलगायतका अङ्गमा चोट छ

त्यसपछि श्रीमान्श्रीमतीबीच झगडा हुने गरेको बताइएको छ । उनीहरुको घरेलु घ’टना प्रहरीसम्मै पुगेको थियो । सम्बन्धविच्छेदसम्म पुग्न लागेका बेला अन्ततः रोकिएको थियो तर झगडा भने रोकिएन । छिमेकी पटकपटक झगडा भएर मिलाउने प्रयास गरिएको सुनाउँछन् ।

उनीहरुबीच लामो समयदेखि बेमेल रहेको सुनिताले लेखेको एक स्टाटसले पनि प्रमाणित गर्छ । घरझगडाका कारण निम्तिरहेको संकट हटाइदिन भन्दै उनले फेसबुक स्टाटसमार्फत भगवानसँग प्रार्थनासमेत गरेकी छिन् ।

सुनिता बेलायत जाने तयारीमा थिइन् । त्यसका लागि उनले फेन्सी पसल बिक्री गरेको तथा सहकारीको खातासमेत बन्द गराएको अनुसन्धानमा पाइएको छ । दिनेशका तीन दाजुभाइ छन् । जेठा राजेन्द्र, माइला रमेश र उनी दिनेश, उनका अर्की आमापट्टिका दुई भाइ हाल विदेशमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्