सोमबार , साउन २३, २०७९

एक हप्तादेखि नै भाइलाई घर सर्न भनिरहेका थिए वीरबहादुरले

साउन १७, २०७९ मंगलबार 16

विगत एक सातादेखि वीरबहादुर विकले माइला भाइ घामबहादुरलाई घर छाड्न सुझाव दिइरहेका थिए।वीरबहादुरका चार दाजुभाइमध्ये २ जनाको घर माथि थियो भने २ जनाको घर केही तल। जेठा वीरबहादुर र माइला घामबहादुर गाउँमै थिए। साइला भाइ पोखरा र कान्छा रोजगारीका लागि साउदी छन्।

यहाँ धेरै पानी झरेछ, ड’र हुन्छ, माथि मेरो घर सर् भनेर हिजो पनि भनेको थिएँ,’ वीरबहादुरले सेतोपाटीलाई भने, ‘सर्छु त भनेको थियो तर भैंसी ब्याउन लागेछ भनेर सरेन, राति यस्तो भयो।’विगत केही दिनयता लगातार पानी परिराखेको छ।

घामबहादुरको घरको बाटो भएर बर्खाको भेल बगेको देखेर नै वीरबहादुरले माइला भाइ घामबहादुरलाई आफ्नो घरमा बस्न बोलाइरहेका थिए।दाजुभाइको घर नजिकै भएकाले पनि उनीहरूको दिनहुँ भेट हुन्थ्यो, सोमबार साँझ पनि वीरबहादुरले भेटेर घामबहादुरलाई आफ्नो घर बास बस्न बोलाएका थिए।

रातभरि मुसलधारे वर्षा भयो। घामबहादुरको घर माथिबाट झरेको पहिरोले उनको घरको नाम निसाना मेटाइदियो। मालिका गाउँपालिका– २ का वडा सदस्य भक्तबहादुर पुन मगरका अनुसार मंगलबार बिहान

करिब ४ बजेतिर उक्त पहिरो झरेको थियो।म्याग्दी प्रहरी प्रमुख डिएसपी तिलक भारतीका अनुसार पहिरोले पुरिएर ३६ वर्षीय घामबहादुर, उनकी ३४ वर्षीया श्रीमती राममाया, १५ वर्षीय छोरा नविन, १३ वर्षीय छोरा राजन र ७ वर्षीया छोरी अस्मीको मृ’त्यु भएको छ।

Setopati

प्रतिकृया दिनुहोस्