सोमबार , साउन २३, २०७९

पहिरोमा परी एकै परिवारका पाँच जनाको मृ’त्यु

साउन १७, २०७९ मंगलबार 67

म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामेङ गाउँमा गएकाे पहिरोमा परेर एकै परिवारका पाँच जनाकाे ज्या’न गएकाे छ ।आज बिहान गएकाे पहिराेमा परेर ३६ वर्षीय घामबहादुर विक, ३४ वर्षीया राममाया विक, ७

वर्षीया अस्मी पटेल, १८ वर्षीय नवीन विक र १४ वर्षीय राजन विककाे ज्या’न गएकाे हाे ।पहिराेमा परेर ६५ वर्षीय गाेठे विक र ६३ वर्षीया गाेरी विक गम्भीर घा’इते भएका छन् ।

आज बिहान बस्तीमाथिबाट खसेको पहिरोले घामबहादुर विक र गोठे विककाे घर बगाएकाे थियाे । पहिराेमा परेका दुई जनाकाे घटना’स्थलमै र अन्य बेपत्ता तीनकाे श’व पुरिएकाे अवस्थामा भेटिएकाे हाे।

जिल्ला प्रहरी कार्यालय म्याग्दीले घाइते दुई जनालाई रुम स्वास्थ्यचौकीमा उपचार गरी मौसम अनुकूल भएपछि थप उपचारका लागि दरबाङ पठाउने तयारी भइरहेको जानकारी दिएकाे छ ।

बेपत्ता भएका उनीहरुको खोजीका लागि इलाका प्रहरी कार्यालयबाट प्रहरी टोलीसहित स्थानीयवासी घटना”स्थल पुगेका थिए ।

दुखद खबर: धन कमाउन दुबई गएका एकै परिवारका ४ जना दाजुभाइको नि’ध’न । विश्वको समृद्धशाली मुलुक युएईमा कार्यरत एकै परिवारका चार जना दाजुभाइको रहस्यमय मृ’त्यु भएको छ

चारै जना दाजुभाइ सिङ्कुटी ईन्टरनेशनल लिमिटेडमा कार्यरत थिए।चारै जना दाजुभाई भारतको राजधानी नयाँदिल्ली भन्दा ८९ किमि टाढा पिकुची भन्ने ठाउँका बासिन्दा रहेको खुल्न आएको छ ।उनिहरुको आफ्नै निवास भारतमा हिन्दु संस्कार अनुसार अन्तिम दाह’संस्कार गरिएको छ।

प्रतिकृया दिनुहोस्