सोमबार , साउन २३, २०७९

त्रिशुली नदीको किनारमा माइक्रो खस्दा १८ जना घा’इते

साउन १७, २०७९ मंगलबार 52

नारायणगढ मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका २९ भोर्लेमा माइक्रो बस दु,र्घटना हुँदा मुक्तिनाथ बैङ्क धादिङमा कार्यरत १८ कर्मचारी घा’इते भएका छन् ।

अपराह्न ४ बजे नारायणगढबाट धादिङतर्फ जाँदै गरेको बा ३ ख ८५८८ नम्बरको रिजर्भ माइक्रो बस दुर्घटना भएको हो । घाइते मध्ये ११ जना पुरुष, ६ महिला र एक बालिका रहेका छन् ।

घाइतेमध्ये चार जना ग’म्भीर रहेकोमा तीन जनाको अवस्था सुधार भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । एक महिलाको अवस्था भने गम्भी’र रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

महोत्तरीको बर्दिवास नगरपालिकास्थित तीन वटा बैंकहरु रहेको भवनमा सोमबार दिउँसो आग’लागी भएको छ ।तीन तले भवनको दोस्रो तल्लामा रहेको

सिद्धार्थ बैंकको कोठाबाट अचानक आगलागी भएको इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी रबी रावलले जानकारी दिए ।
माइक्रो बस आफै अनियन्त्रित भई सडकबाट २० मिटर तल त्रिशूली नदी किनारमा खसेको हो । घाइ’तेहरु धादिङस्थित मुक्तिनाथ विकास बैंकको कर्मचारी रहेको बताईएको छ ।

प्रतिकृया दिनुहोस्