सोमबार , साउन २३, २०७९

पारिवारिक विवादका कारण श्रीमती र छोराछोरीलाई मा’रेर श्रीमानले पनि यसरी गरे आत्म’हत्या

साउन १६, २०७९ सोमबार 37

सोमबार बिहान काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृ’त फेला परे।तार्केश्वर नगरपालिका-२ काभ्रेस्थली पदमशालमा रहेको एक तले घरभित्र चार जनाको शव फेला परेको थियोगोरखा भिमसेनथापा गाउँपालिका-६ अश्राङ स्थायी घर भई पदमशालमा एक तले

घर बनाएर बसेका ४१ वर्षीय दिनेश पाण्डे, ३९ वर्षीया श्रीमती सुनिता, १३ वर्षीया छोरी आशिका र ८ वर्षीय छोरा आशिक मृ’त फेला परेका हुन्। एकै परिवारका चारै जना मृ’त फेला परेपछि के का

रणले र कसरी मृ’त्यु भयो भन्नेबारे प्रहरीले अनुसन्धान गर्दैछ।
अनुसन्धानको लागि खटिएको प्रहरी स्रोतका अनुसार घटनास्थलबाट चार पानाको सुसाइड नोट पनि फेला पारेको छ। जसबाट उनीहरूले पछिल्लो

समय झेलिरहेका तनावबारे केही कुरा खुल्नेछ। त्यही सुसाइड नोट अध्ययन गरेर अनुसन्धान गर्ने प्रहरीको तयारी छ।प्रहरी स्रोतका अनुसार चार पाने नोटमा विवाहेत्तर सम्बन्ध र उनीहरू डिभोर्सको चरणसम्म पुगेको उल्लेख छ।

दिनेशले घर बेच्नका लागि बैना रकम पनि लिइसकेको तर श्रमती सुनिताले घर नबेच्ने भन्दै बैना रकम फिर्ता गर्नुभएको थियो । कामको लागि सुनिता बेलायत जाने तयारीमा हुनुहुन्थ्यो । तर बेलायत उड्नुअघि नै चार जनाको परिवार मासिएको छ ।घटनापछि काभ्रेस्थलीको पदमसाल टोल शो’कमा डुबेको छ । १३ वर्षकी बालिका र आठ

वर्षका बालकको मृ’त्युपछि उनीहरू पढ्ने स्कुल पनि शो’कमा छ । यस्तै दिनेशको पुर्ख्याैली घर गोरखाको भीमसेन थापा गाउँपालिका ६ अश्राङमा पनि सन्नाटा छाएको छ । घट’नाको अनुसन्धान भइरहेको अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्