सर्लाहीको पर्सा गाउँपालिका–१ शीतलपुरमा एक महिलाको ह त्या गरी गाडिएको अवस्थामा ४८ दिनपछि आज शव फेला परेको छ ।शीतलपुर निवासी बालदत्त भन्ने रमजेशकुमार रायले आफ्नै २० वर्षीय श्रीमती
निशा यादवको ह त्या गरी धान खेतमा गाडेको अवस्थमा शव फेला परेको हो ।महिला हराएको निवेदन जिल्ला प्रहरी कार्यालयसर्लाहीमा माइती र ससुराली पक्षले दिएपछि खोजीमा जुटेको प्रहरीले
४८ दिनपछि धान खेतमा शव गाडिएको अवस्थामा फेला पारेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ह त्यामा संलग्न मृतक निशा यादवका श्रीमान् रमजेशकुमार राय,
ससुरा रामप्रताप राय र देवर राजु यादवलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए ।निशाका घरका सदस्यहरूमाथि प्रहरीको श’ङ्का लागेपछि प्रविधियुक्त विश्लेषण गर्ने क्रममा
ह त्यामा सं लग्नहरुको पहिचान हुन सकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।घट’ना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता यादवले जानकारी दिए ।
ससुराली पक्षले निशाको ह त्या गरी आफ्नै धान खेतमा खाल्डो खनी गाडेको थियो । आज सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेलसमेत अनुसन्धान
टोली घटनास्थलमा पुगेर धान खेतमा खा ल्डो खन्दा सडिसकेको अवस्थमा श’व फेला परेको छ ।निशालाई गएको जेठ २२ गतेका दिन नै ह त्या गरिएको प्रहरीले जनाएको छ । महोत्तरी सोनमा गाउँपालिका–१ मगरथाना निवासी निशा यादवको गत वर्ष फागुनमा रमजेशकुमार रायसँग बिहे भएको थियो ।
प्रतिकृया दिनुहोस्