किरण गदाईली,ताप्लेजुङ,असार ३० गते।वर्षा सँगै परेको च’ट्याङ लागेर ताप्लेजुङको मेरिङदेन गाउँपालिका २ सान्थाक्रामा विहिवार एकको ज्या’न गएको छ।
भने २ जना घा’ईते भएकाछन् । मृ’त्य् हुनेमा शोहि गाउँपालिका ३ खाम्लुङका लाक्पा दोर्जी शेर्पाका छोरा १५ वर्षीय लाकुमार शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख कैलाश राईले जानकारी दिनुभयो ।
उहाँका अनुसार घा’इते हरुमा शोही स्थानका वर्ष १९का निमतेम्वा शेर्पा र वर्ष १२का कुमार शेर्पा रहेकाछन् ।
विहिवार मेरिङदेन गाँउपालिका २ को मैखु भन्ने स्थानमा उनिहरु मकै गोडिरहेको वेला एक्कासी वर्षा सँगै चट्याङ पर्दा उक्त घ’टना भएको हो ।
घा’ईते हरुको स्थानीय अस्पतालमा उपचार भइरहेको र उनिहरुको अवस्था सामान्य रहेकोपनि राईले जानकारी दिनुभयो ।
काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन (मापसे) गरी स्कुल बस चलाउने चालकहरू कारबाहीमा परेका छन्।
आइतबार बिहान पाँच वटा स्कुलका सवारी चालकले मादक पदार्थसेवन गरी बस चलाएको खुलेपछि कारबाही गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्या लयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।
कार्यालयले साउन ८ गतेदेखि स्कुल बस निर्दे शिका २०७४ विपरीत ट्राफिक नियम उल्लंघन गर्ने विभिन्न स्कुलका सवारीसाध नहरूलाई कारबाही तथा सचेत गराउने अभियान सञ्चा लन गरेको थियो।
प्रतिकृया दिनुहोस्