सोमबार , साउन २३, २०७९

झापामा वि’षालु स’र्पको ड’साईबाट एक जना स्वास्थ्य स्वयम्से’विकाको मृ’त्यु भएको छ ।

साउन १५, २०७९ आइतबार 32

झापामा वि’षालु स’र्पको ड’साईबाट एक जना स्वास्थ्य स्वयम्सेविकाको मृ’त्यु भएको छ ।

धाइजन स्वास्थ्य चौकी अन्तरगत मेचीनगर–११ मा सामुदायिक स्वास्थ्य स्वयम्सेविकाको रुपमा कार्यरत रुपा मैनालीको गएराति मृ’त्यु भएको हो । घरमा नै उनलाई सर्पले डसेको थियो ।

मैनालीलाई करिव चार महिनाअघि पनि गोमन सर्पले ड’सेको थियो । उपचारपछि सामान्य जीवनमा फर्किएर सामाजिक स्वास्थ्य सेवामा सक्रिय मैनालीलाई दोस्रो पटक सर्पले डसेको हो । उनलाइ तत्काल अस्पताल लगिए पनि बचाउन नसकिएको परिवारिक स्रोतले जनाएको छ ।

काठमाडौं उपत्यकाको फोहोर उठ्न नसकिरहेको बेला काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र साहले शहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग भेटवार्ता गरेका छन् । बन्च’रेडाँडा ल्याण्डफिल साइट निर्माणको अवस्था र सञ्चालनका लागि सहयोग गर्ने विषयमा नगरप्रमुख साहले मन्त्री झाँक्रीसँग भेटवार्ता गरेका हुन् ।

बिहीबार मन्त्रालयमा मन्त्री भेट्न पुगेका नगरप्रमुख साहले बन्चरेडाँडाको ल्याण्डफिल साइट सञ्चालन गर्नको लागि शहरी विकास मन्त्रालयलाई सहयोग गर्न आग्रह गरेका थिए । जवाफमा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन गर्नुपर्ने बताइन् ।

प्रतिकृया दिनुहोस्