सोमबार , साउन २३, २०७९

दाजु र भाउजुको योजनामा कोहलपुरमा भाइ-बुहारीको ह’त्या

साउन १२, २०७९ बिहिबार 27

बाबुआमाले भाइ-बुहारीलाई बढी माया गरी नजिक बनाएको र आफूहरूलाई टाढा बनाएको रिसमा ह’त्या गरेको बयान’

बाँकेको कोहलपुरमा दाजु र भाउजुको योजनामा भाइ-बुहारीको ह’त्या भएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले दाजु-भाउजुले योजना बनाएर भाइ र बुहारीको ह’त्या गरेको पुष्टि भएको सेतोपाटीलाई जानकारी दिए।

दाजु विजयकुमार गडरिया र उनकी श्रीमती रेखाको योजनामा भाइ कृष्ण र उनकी श्रीमती अञ्जलीको हत्या गरेको तथ्य पत्ता लागेको छ,’ एसपी अधिकारीले भने, ‘बाबुआमाले भाइ-बुहारीलाई बढी माया गरेको र आफूहरूलाई टाढा बनाएको रिसले भारतबाट मानिस ल्याएर ह’त्या गर्न लगाएको देखियो।’

भाइलाई बुहारीले कुरा लाउने र भाइले बुवालाई उचालेर आफूलाई कुटेको हुँदा त्यसकै बदला लिन जेठाजुले बुहारीको हत्या गर्ने योजना बनेको अनुसन्धानबाट खुलेको एसपी अधिकारीले जानकारी दिए।

एसपी अधिकारीका अनुसार सबैजसो नातेदार भारतमा भएकाले उतैबाट मानिस बोलाएर ह’त्या गरिएको हो।

‘दुबै दाजुभाइको ससुराली भारतमा रहेछ,’ उनले भने, ‘त्यही भएर उतैबाट मानिसहरू बोलाएर ह’त्या गर्न लगाएको देखियो।’

एसपी अधिकारीका अनुसार घटनामा चार जनाको संलग्नता देखिएको छ।

सेतोपाटी

प्रतिकृया दिनुहोस्