सोमबार , साउन २३, २०७९

कोहलपुरमा दाजु भाउजुको योजनामा भाइ र बुहारीको ह’त्या,दाजु भाउजु प’क्राउ

साउन १२, २०७९ बिहिबार 35

नेपालगन्ज : बाँकेको कोहलपुरमा आफ्नै सहोदर दाजुले २५ वर्षीय भाइ कृष्णकुमार गडरिया र २३ वर्षिय भाइ बुहारी अञ्जली गडरियाको ह त्या गरेको रह’स्य खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सोमबार राति कोहलपुर नगरपालिका १४ पार्वतीपुरस्थित आफ्नै घरमा दाजु विजयकुमार र भाउजु रेखाको योज’नामा भाइ र बुहारीको ह त्या भएको खुलेको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरले मंगलबार अपरान्ह पत्रकार सम्मेलन गरेर कृष्णका दाइ विजयकुमार र भाउजु रेखाले भारतबाट दुई जना कन्ट्र्याक किलरलाई बोलाएर ह त्या गराएको जानकारी दिएको छ ।

उनीहरुको ह त्या गर्न भारतबाट ५०÷५० हजार रुपैयाँ दिएर दुई जनालाई बोलाइएको प्रहरीको भनाइ छ । गएराति ११ देखि १२ बजेको बीचमा कृष्ण र अञ्जलीको

ह त्या भएको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

गडरिया दम्पतीको ह त्या हुँदा माथिल्लो तलामा दाजु भाउजु विजय र रेखा रहेको भनिए पनि ह त्या हुँदा विजय तल नै रहेको प्रहरीको भनाइ छ ।

मृ तकको श व भेटिएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा शंकास्पद अवस्थामा बसेका सहोदर दाइ विजयलाई नियन्त्रण लिएर सोधपुछ गरेको थियो ।

विजयले प्रहरीलाई विगत केही महिना अगाडि अञ्जलीले पति र ससुरालाई घरायसी विषयमा उक्सा’एर आफूलाई कु टपिट गर्न लगाएका कारण सुपारी रकम दिएर बुहारीलाई मा र्न लगाएको बयान दिएका छन् ।

अञ्जलीलाई मात्र मा’र्न भनी सुपारी दिए पनि भाइको पनि ह त्या भएको उनले स्वीकारेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्