सोमबार , साउन २३, २०७९

वरिष्ठ लोक देउडा गायक हरिचन्द्र कडायतको निधन

साउन ११, २०७९ बुधबार 18

वरिष्ठ लोक देउडा गायक हरिचन्द्र कडायतको नि’धन भएको छ । बझाङको छबिसपाथिभेरा गाउँपालिका–२ मुम्ला घर भएका ५५ वर्षीय कडायतको सेती प्रादेशीक अस्पतालमा बुधबार नि’धन भएको हो । अचेत अवस्थामै धनगढी स्थित नवजीवन अस्पताल पुर्याइएका उनको स्वास्थ्य अवस्थामा सुधार हुन नसके पछी सेती प्रादेशीक अस्पतालमा भर्ना गरेर उपचार भइ रहेको थियो ।

उनको म’स्तिष्क घातका कारण मृ’त्यु भएको सेती प्रादेशीक अस्पतालले जनाएको । कडायत २०४९ सालदेखि देउडा गायन क्षेत्रमा सक्रिय रहेका थिए । लोक देउडा गायक कडायत ले ‘कर्णालीका भेल’‘बझाङी काल्या’ ‘ल बिणी खान्या की’लगायत बिभिन्न चर्चित गीतमा गाएका थिए ।

हुम्ला सदरमुकामस्थित सिमकोट गाउँपालिकाले ऊन उत्पादनमा जोड दिन किसानलाई भेडा वितरण गरेको छ । सिमकोट–१ र २ का १० किसानलाई १२० भेडा वितरण गरिएको छ । गाउँपालिकाको पशु शाखाको सिफारिसमा उनीहरुलाई भेडा वितरण गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष विजय भण्डारी र उपाध्यक्ष सुशीला भाम रोकायाले किसानलाई स्थानीय जातका भेडा वितरण गरेका हुन् । गाउँपालिकाले आर्थिक वर्ष २०७८÷७९ मा किसानलाई अनुदानमा भेडा वितरण गर्ने कार्यक्रम अघि बढाएको थियो ।

गाउँपालिकाको पशु शाखा प्रमुख महेन्द्र शाहीका अनुसार सिमकोट–१ का जैधन भण्डारी, कुञ्ज्याक लामा र सोनाम जामो लामा तथा वडा नं २ का रुपसिंह बोहरा, धनसुर कामी, सिलदेवी दमाई, नर बोहरा, बाक्ली बोहरा, काली भण्डारी र बालकृष्ण बोहरालाई भेडा वितरण गरिएको हो ।

रातोपाटी

प्रतिकृया दिनुहोस्