सोमबार , साउन २३, २०७९

जंगली च्याउ खाँदा बैतडीमा पाँच जना बि’रामी

साउन ११, २०७९ बुधबार 11

वि’षालु च्याउ खाँदा मङ्गलबार बैतडीमा पाँच जना बिरामी परेका छन्। मेलौली नगरपालिका–५ खलीगाडमा एकै घरका उनीहरु बिरामी परेका हुन्।बिरामी पर्नेमहा १४ वर्षीया सुनिता जोशी, १२ वर्षीया सविता जोशी,

१० वर्षीय किरन जोशी, आठ वर्षीया सोनिया जोशी र चार वर्षीया दिव्या जोशी छन्।उनीहरुको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको निमित्त प्रमुख जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले जानकारी दिए।

च्या’उ खाएर बिरामी भएपछि उनीहरूलाई तत्काल स्वास्थ्य केन्द्रमा भर्ना गरिएको हो।मंगलबार ज’ङ्गलबाट टिपेर ल्याएको च्याउ उनीहरु सबैले खाएका थिए। च्याउ खाएको केहीबेरपछि उनीहरुले बान्ता गर्न थालेपछि स्वास्थ्य केन्द्र लगिएको थियो।

चिकित्सा शिक्षा आयोगले छात्र’वृत्तिमा चिकित्सा शिक्षा पढ्न इच्छुकहरूबाट आवेदन माग गरेको छ।बुधबार सूचना प्रकाशित गरेर आयोगले पाकिस्तान सरकारबाट नेपाल सरकारलाई प्राप्त चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्तिका लागि इच्छुकहरूबाट आवेदन माग गरेको छ।

शैक्षिक सत्र २०२२/०२३ का लागि पाकिस्तान सरकारको पिटिएपी कार्यक्रमअन्तर्गत स्नातक तहमा एमबिबिएस, बिडिएस र डी फार्मेसी पढ्न छात्रवृत्ति आएको छ।एमबिबिएसमा १०, बिडिएमा एक र डि फार्मेसीमा ८ सिट संख्या छ।

प्रतिकृया दिनुहोस्